डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ २५ र बिक्रीदर एक सय ७५ रुपियाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४३ पैसा कायम गरिएको छ । 

Advertisement

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १२ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६६ पैसा र बिक्रीदर ९७ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रुपियाँ ७५ पैसा र बिक्रीदर आठ रुपियाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ७४ पैसा र बिक्रीदर ३५ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३६ रुपियाँ ९८ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६९ पैसा र बिक्रीदर ३० रुपियाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६८ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४३ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ २८ पैसा र बिक्रीदर १७ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपियाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपियाँ र बिक्रीदर तीन सय ५७ रुपियाँ ५९ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 
 

Advertisement

Advertisement