साफ महिला च्यापियनसिपको उपविजेता नेपाली खेलाडीलाई जनही ३ लाख पुरस्कार दिइने

Advertisement

काठमाडौं ।  साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई जनही ३ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरिने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । 

Advertisement

मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपियाँका दरले पुरस्कार पाउनेछन्।

हिजो साँझ दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो ।

Advertisement

Advertisement