नेपालमा भित्रियो अर्को नयाँ बियर ‘किङफिसर’, मूल्य प्रतिबोतल २३५ देखि २७५ रुपियाँन्सम्म

Advertisement

काठमाडौंः एसियाकै ठूलो बियर कम्पनीहरुमध्ये एकको रुपमा चिनिएको युनाइटेड ब्रुअरिज लिमिटेडले आफ्ना किङफिसर ब्राण्डका बियरहरु नेपालमा भित्राउन सुरु गरेको छ । युनाइटेडले नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङफिसर प्रिमियम तथा किङफिसर स्ट्रङ ब्राण्डका बियरहरु शुक्रबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

युनाइटेड ब्रुअरिज लिमिटेड ग्लोबल बियर लिडर हेइनेकेन एनभीसँगको संयुुक्त उद्यम हो । युनाइटेडले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङफिसर बियर प्रस्तुत गरेको जनाएको छ ।

किङफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तरिकाले आफूलाई जोड्दै आएको युनाइटेडले जनाएको छ । किङफिसर स्ट्रङको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोगबाट गरिने भन्दै यसको उत्कृष्ट स्वाद तथा गुणस्तरीयतका कारण किङफिसर बियरको माग दिनानुदिन बढ्दै गएको जनाइएको छ ।

युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्ति भन्छन, ‘किङफिसर विश्वव्यापीरुपमा स्थापित भारतीय ब्राण्ड हो । यसले हालै आफ्नो विस्तार योजना अनुरुप नेपालमा यति ब्रुअरीसँग सहकार्य गरी किङफिसर प्रिमियम र किङफिसर स्ट्रङको सुरुवातसँगै आफ्नो उपस्थिति प्रस्तुत गरेको छ । यति ब्रुअरीसँगको सहकार्यले हामीलाई अझ बढी उत्साहित तुल्याएको छ र हामीलाई यो विश्वास छ कि हाम्रो “गुड टाइम्स्” को प्रतिकात्मकतालाई फलदायी बनाउने छ ।’

यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफ भन्छन, ‘किङफिसर बियरलाई नेपाली बजारमा प्रस्तुत गर्नु वियर उद्योगका लागि एक महत्वपूर्ण कोशेढुङ्गा रहेको छ । यो दक्षिण एसियामा नै स्थापित बियर ब्राण्ड हो ।’

नेपालभरका सम्पूर्ण विक्रीकक्षमा किङफिसर बियर उपलब्ध रहेको जनाइएको छ । किङफिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध रहेको छ । यसको मूल्य २७५ रहेको छ । त्यसैगरी ५०० एमएलको क्यानको मूल्य २१० रहेको छ । किङफिसर स्ट्रङ ६५० एमएल बोटलको मूल्य २३५ रुपियाँ तथा क्यानको मूल्य १८० रुपियाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement