सवारी साधन कर्जा सहज बनाउने गरी जोखिम भार घटाइयो

Advertisement

काठमाडौं । सवारी साधन खरीदका लागि बैंकले प्रवाह गर्ने ऋणलाई सहजीकरण गर्नेगरी नेपाल राष्ट्र बैंकले यस्तो कर्जामा जोखिम भार घटाएको छ । 

शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको हो । 

Advertisement

समीक्षामा भनिएको छ, ‘‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।’ 

अटोमोवाइल व्यवसायीहरुले जोखिम भारसमेत बढी हुँदा अटोमोवाइल व्यवसाय धरासायी भएको भन्दै सहजीकरण गर्न माग गर्दै आएका थिए । यसले सवारीसाधनमा कर्जा प्रवाह गर्न बैंकहरूलाई प्रोत्साहन मिल्नेछ ।

Advertisement

Advertisement