जलविद्युत बीमाको प्रिमियम रेट दुई वटा नगर्दा नै राम्रो हुन्छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् । 

शुक्रवार उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा उनले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको बताए । उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउँदै महतले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादनप्रति उत्साह वृद्धि भएको दाबी गरे । 

Advertisement

उनले भारत लगायत बाहिरी लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गरे । महतले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक सवृद्धि ल्याउने विषयमा सरकारको ध्यान केन्द्रीत रहेको बताए । उनले कार्वन उत्सर्जनलाई न्युनीकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएको बताए । 

महतले नेपालभित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताए । उनले जलविद्युतको क्षेत्र समस्यारहीत नभएको स्वीकार गरे । यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको महतले बताए । 

उनले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताए । माहतले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताए । उनले जोखिमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताए । महतले दुई थरिको बीमा रेट राख्नु उपयुक्त नभएको बताए । बजारमा चलेको प्रिमियम रेटमा नै जानुपर्ने उनले बताए । 

महतले भने, ‘ऊर्जा क्षेत्रको बीमाका सन्र्दभमा नेपालीहरुको प्रवृत्ति तत्काल रिटर्न आउनुपर्ने रहेको छ । लिन पाईराखोस् तर सकेसम्म दिन नपरोस् भन्ने हरेक क्षेत्रमा छ । हामीले लिने मात्रै भन्दा पनि दिने काम पनि गर्नुपर्छ । लिने मात्रै हुँदा केही समयलाई फाइदा भएपनि लामो समयको लागि फाइदा हुँदैन । बीमाको विषयमा शिक्षा लिन जरुरी छ । ट्यारिफ र ननट्यारिफ रेटका कुरा आएका छन् । यसमा सरकारले निश्चित रेट हुनुपर्छ भन्ने गलत कुरा हो । त्यो बजारको रेटमा नै जानुपर्छ । म बोलाएर कुरा गर्छु । बजार रेटमा जानुपर्छ ।’

उनले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसि छनोटमा ध्यान दिन आवश्यक रहेको बताए । कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताए । 

Advertisement