एलआईसी नेपालको नयाँ बोनस दर सार्वजनिक, कुन पोलिसीमा कति ?

Advertisement

काठमाडौंं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आज एक सूचनामार्फत नयाँ बोनस दर सार्वजनिक सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउने जनाएको छ । 

त्यसैगरी, ‘जीवन आनन्द’ बीमा योजनामा बीमालेख अवधिअनुसार बिमिततले न्यूनतम ५० रुपियाँदेखि अधिकतम ६० रुपियाँसम्म बोनस प्राप्त गर्नेछन् । साथै, ‘बाल सावधिक बीमा योजना’ मा बिमितले बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपियाँदेखि अधिकतम ६४ रुपियाँसम्म बोनस दर पाउने कम्पनीले जनाएको छ । 

Advertisement

यसबाहेक कम्पनीले ‘धन वृष्टि’ बीमा योजनामा न्यूनतम ५५ रुपियाँदेखि अधिकतम ५७ रुपियाँसम्म बोनस दर निर्धारण गरेको छ । अर्को बीमा योजना ‘धनफिर्ता’ मा न्यूनतम ५६ रुपियाँदेखि ६० रुपियाँसम्म बोनस पाउने कम्पनीको भनाइ छ । 

त्यस्तै, ‘बाल ममता’ र ‘बाल स्नेह’ बीमा योजनामा बीमालेख अवधिअनुसार बिमितले न्यूनतम ५५ रुपियाँदेखि ६० रुपियाँसम्म बोनस पाउने भएका छन् । साथै, ‘जीवन तरंग’ योजनामा न्यूनतम ४० रुपियाँ र अधिकतम ४५ रुपियाँसम्म बोनस पाउने पनि कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

अर्को बीमा योजना ‘न्यू जीवन तरंग’ मा बिमितले बीमालेख अवधिअनुसार न्यूनतम ५० रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म बोनस पाउनेछन् भने ‘जीवन बचत’ योजनाअन्तर्गत न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ६६ रुपियाँसम्म बोनस पाउने सक्ने कम्प्नीले जनाएको छ । 

साथै, कम्पनीले ‘जीवन लाभ’ योजनामा न्यूनतम ५१ रुपियाँदेखि अधिकतम ५५ रुपियाँसम्म बोनस दिने भएको छ । त्यस्तै, ‘लघु सावधिक बीमा योजना’ अन्तर्गत सबै अवधिका बीमालेखमा ४१ रुपियाँ मात्र बोनस पाउने कम्पनीले जनाएको छ । 

यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नहुँदासम्मका लागि कायम रहने कम्पनीको भनाइ छ । 

Advertisement