महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिराकुमारी जोशीलाई कक्षा १० अध्ययनका लागि स्वर्गीय नबराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । 

विभिन्न सात वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्वर्गीय नबराजबहादुर सिंहको स्मृतिमा स्थापित यो छात्रवृत्ति जोशीलाई प्रदान गरिएको हो । 

Advertisement

बैंकको क्षेत्रीय कार्यालयका प्रमुख सुनिल नेपालले छात्रा जोशीलाई सो छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रु.५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको हो । 

Advertisement

Advertisement