सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दु्र्घटना हुँदा तीनको मृत्यु, ५२ घाइते

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

Advertisement


दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

अहिले घाइतेहरुलाई उपचारका लागि बाह्रबिसेतर्फ लैजाने काम जारी छ । दुर्घटनाको यकिन विवरण आउन बाँकी छ । 

Advertisement