काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । आज सुन प्रतितोला ७ सय बढेको हो भने चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।