लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टको साधारणसभा आज

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आज (वैशाख १२ गते, बुधबार) बस्दैछ । 

सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित होटल सिद्धार्थ भिलासामा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजी चार अर्ब ६५ करोड रुपियाँको करसहित १५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ ।

त्यसैगरी, गत आवको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल हुनेछ । त्यसका साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने काम पनि सभाले गर्नेछ । 

सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले गत चैत्र ३० गते बुकक्लोज गरिसकेको छ । यसअनुसार चैत २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा सहभागी हुन र घोषित लाभांश पाउन सक्नेछन् । 

Advertisement