काठमाडौं । कुमारी बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आवेदन दिने अन्तिम मिति वैशाख ११ गते भए पनि अब खरिदकर्ताले वैशाख १८ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।
बैंकले वैशाख ३ गतेदेखि चार लाख ५० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको छ ।
न्यूनतम प्रतिकित्ता १०६ रुपियाँ तोकिएको साे शेयरमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गनुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
आवेदन बैंकको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं दिनुपर्नेछ ।