काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपियाँ कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।