जीवन बीमा कम्पनीहरुले नौ महिनामा संकलन गरे १ खर्ब १० अर्ब, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

अघिल्लो महिना अर्थात फागुन महिनासम्म ८९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका थिए । 

Advertisement

कूल बीमा शुल्क मध्ये १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड र ३ लघु जीवन बीमा कम्पनीहरुले ८ करोड ८८ लाख बीमा शुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २९ अर्ब ४५ करोड, दोस्रोमा दोस्रोमा नेशनल लाइफले १२ अर्ब ८९ करोड र तेस्रोमा एलआईसी नेपालले १२ अर्ब ८३ करोड कूल बीमा शुल्क संकलन गरेको छ । 

सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले ९ महिनामा २ अर्ब ७८ करोड ९२ लाख रुपियाँ कूल बीमा शुल्क आर्जन गरेको छ । 

लघु बीमातर्फ गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले क्रमशः २ करोड ४ लाख, ४ करोड ८१ लख र १ करोड २ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । 

कुन बीमा कम्पनीले कति संकलन गरे बीमा शुल्क ? 

undefined

Advertisement