इन्टरनेट प्रयोगकर्ता बढे, पत्रिका पढने घटे, ८० लाख नेपाली सामाजिक सञ्जालमा

Advertisement

काठमाडौंः नेपालमा प्रत्येक वर्ष इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन् । गत वर्षको अध्ययनमा ४४.१ प्रतिशत थिए भने २०१६ मा ५२.७ प्रतिशतले नेपाली इन्टरनेटको पहुँचमा पुग्न सफल भएका छन् । फ्रिडम फोरमले शनिबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार यसमध्ये ८० लाख नेपाली सामाजिक सञ्जाल प्रयोग गर्छन् । 

यस वर्ष सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की, पत्रकार सुमन खरेलद्वारा कान्तिपुर टेलिभिजनमा कञ्चन शर्माको अन्तवार्ता (सुमन भाई) र प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको सम्पत्ति विवरण, पूर्वप्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको हावाबाट बिजुली निकाल्ने र घरघरमा ग्यास पाइपलाइन पुर्याउने जस्ता कुरा भाइरल बने ।

Advertisement

मिडियासम्बन्धी नीतिगत विश्लेषण गर्दै फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल भन्छन “राष्ट्रिय आमसञ्चार नीति मन्त्रिपरिषद्बाट पारित हुनु सकारात्मक भए पनि त्यसभित्र रहेका अनेकौँ त्रुटिहरू नसच्याए नीति अपुरो हुनेछ ।” इन्टरनेटको बढदो प्रयोग र सामाजिक सञ्जालका कारण पत्रपत्रिका हेर्नेको संख्या पनि उल्लेख्य संख्यामा घटेको छ । 

इन्टरनेटमा आधारित मिडियाको ‘रजिस्टे«सन’, प्रेस काउन्सिल नेपालद्वारा पत्रकार बन्न परीक्षा दिनुपर्ने तयारी, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवा– (पिएसबी) मा लैजाने तयारी नहुनु आमसञ्चार नीतिका कमजोरी रहेको दाहालले बताए । पछिल्लो समयमा डिजिटल मिडिया र सामाजिक सञ्जाल सुचनाको सशक्त माध्यम बन्दै आएको छ । 

Advertisement

Advertisement