काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले गत बुधबार पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित चुक्ता पँुजीको १५% (कर सहित) नगद लाभांश पारित गरेको छ ।
सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवाललाई मनोनित
गरिएको छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै संचालक समिति, ग्राहकहरु, कर्मचारी वर्ग तथा शेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । साथै सर्वोत्तम सिमेन्टले हालसम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जनाएको छ ।
सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रतिदिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको जनाएको छ ।
कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आप्mनो शत प्रतिशत लगानी रहेको सहायक कम्पनी मार्पmत झापा भद्रपुरमा रहेको ३०० टन प्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रालि खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ ।