पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पुन:अवरुद्ध

Advertisement

चितवन । गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा नारायणगढ-मुग्लिन सडकखण्ड पुन:अवरुद्ध भएको छ । विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान आठ बजतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बाटो फराकिलो पार्ने काम भइरहेको हुँदा नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।

 

Advertisement

Advertisement

Advertisement