भारतमा पहिरोमा परी तीन नेपालीको मृत्यु

Advertisement

दार्चुलाः भारतमा पहिरोमा परी बिहीबार तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो ।

घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।

Advertisement

Advertisement

Advertisement