सरकारलाई धम्क्याएर 'क्लिन फिड' रोक्ने तयारी

Advertisement

काठमाडौंः सरकारकाले बजेटमार्फत साउन १ गतेबाट लागू गर्ने भनेको क्लिन फिड (विज्ञापन रहित प्रसारण) नीति रोक्न भारतीय टेलिभिजन प्रसारकदेखि नेपालका केवल टेलिभिजन सञ्चालकहरुसम्मले नेपाली र विदेशी च्यानलको प्रसारण बन्द गर्ने भन्दै सरकारलाई धम्क्याएका छन् ।

क्लिन फिड लागू नहुँदा मुलुकलाई बार्षिक अर्बौं रुपियाँ नोक्सान भइरहेको बेला भारतीय टेलिभिजन प्रसारकहरुको संस्था इण्डियन ब्रोडकाष्टिङ फाउण्डेशन (आईबीएफ)का महासचिव गिरिस श्रीवास्तवले नेपालमा क्लीन फीड लागू भए भारतीय च्यानलको प्रसारण बन्द हुनसक्ने भन्दै चेतावनी दिएका छन् । बेष्टमिडिया इन्फोमा उनले नेपालमा क्लिन फिड नीति लाग्नै नसक्ने दावी गरेका हुन ।

नेपालको विज्ञापन तथा मिडिया उद्योगको विकास, कला र संस्कृतिको विकास, राजश्व वृद्धिमा समेत महत्वपूर्ण सहयोग पुग्ने क्लिन फिड नीति लागू हुन नदिन नेपालका केवल टेलिभिजनदेखि डिस होम नेपाल जस्ता कम्पनीहरुसमेत लागि परेका छन् ।

उनीहरुले क्लिन फिड लागू भए आफूहरुको लगानीह डुब्ने र विदेशी च्यानलहरु पनि महंगो हुनेहुँदा अहिले जस्तो सस्तो दरमा केवल सेवा दिन नसकिने भएकाले गुणात्मकरुपमा मूल्य बढाउनुपर्ने तर्क गर्दै आएका छन् ।

नेपालका उपभोक्तालाई लक्षित गर्दै विज्ञापनदाताहरुले भारतीय च्यानलहरुमा विज्ञापन बजाउने गरेका छन् । त्यसको मार नेपालको मिडिया उद्योगमा पर्दै आएको छ ।

भारतीय प्रसारक संस्थाहरुले नेपालमा क्लिन फिड लागू भए डीटीएचको पाइरेसी बढने भन्दै क्लिन फिड लागू हुन नलिन प्राविधिक र व्यवहारिक समस्या देखाउँदै आएका छन् । नेपालमा विज्ञापन व्यवसायीहरुले भने त्यस्ता कुनै पनि समस्या नहुने भन्दै विश्वभर लागू भएको क्लिन फिड नेपालमा लागू गर्नलाई नदिन विभिन्न बहानामा बनाउने र सरकारलाई दबाब दिने काम मात्रै भएको बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement