भारतले भर्खरै लागू गरेको जीएसटी हटाउनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह

Advertisement

काठमाडौंः नेपाल समुद्रपार निकासी पैठारी संघले भारतले भर्खरै लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी)नेपाल निर्यात हुने वस्तुमा नलगाउन सरकारको तर्फबाट आवश्यक पहल गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष हिमबहादुर रावल नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार कार्कीसँग भेटी उक्त आग्रह गरेको हो । संघले प्रतिष्ठित एवं ठूलो मात्रामा कर तिर्ने व्यवसायीका लागि व्यावसायिक पासपोर्ट जारी गर्नेतर्फ सरकारले पहल गर्नुपर्न पनि माग गर्यो ।

मन्त्री कार्कीले व्यावसायिक क्षेत्रका अवरोध हटाई सहजीकरण गर्नेतर्फ आफू सकारात्मक रहेको भन्दै निजी क्षेत्रको सुझावअनुसार नै अघि बढ्ने बताएको संघले जनाएको छ । शुक्रबारै प्रतिनिधिमण्डलले वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई भेटी निजी क्षेत्रका चासोका विषयमा छलफल गर्यो ।

व्यवसायीले सिआइएफ कलकत्ताको सट्टा सिआइएफ वीरगन्जमा मालसामान मगाउने, तस्रो मुलुकबाट कलकत्ता बन्दरगाह आइपुगेको साामान त्यहाँबाट नेपालतर्फ ल्याउने क्रममा बुझाउनेुपर्ने शुल्कहरुको बिलमा भारतमा जिएसटी नलगाउन पहल गर्न आग्रह गरेका थिए ।

Advertisement

Advertisement

Advertisement