एनएमवीको नाफा एक अर्व ५१ करोड, खराब कर्जा १.६६ प्रतिशत

Advertisement

काठमाडौं: एनएमवी बैंकले गत आव २०७३/७४ को कारोबारबाट बैंकले एक अर्ब ५१ करोड रुपियाँ नाफा आर्जन गरेको छ । यो नाफा ३५ दसमलव ५४ प्रतिशतले बढी हो तर यस अघिको आवमा भने बैंकको नाफा १ अर्ब ११ करोड थियो ।

बैंकका अनुसार उसको खुद व्याज आम्दानी २७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपियाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३६ करोड रुपियाँ र अन्य सञ्चालनबाट २८ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २० करोड रुपियाँ आम्दानी गरेको जनाएको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको २२ करोड ३५ लाख फिर्ता समेत ल्याएको छ । यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर १८ करोड ३५ लाख रुपियाँ छुट्याएको छ ।

बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ भने प्रावधान १ सय ३४ प्रतिशत गरेको छ ।
बैंकको चुक्ता पुँजी ६ अर्ब ४६रोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.३९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २७.६९ प्रतिशत रहेको छ । बैंकको सञ्चिती ४ अर्ब २६ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग २५.६१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन १३ प्रतिशतले बढेर ७३ अर्ब र कर्जा लगानी १५.४६ प्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७४.९० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.१२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.८५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ३ करोड, ओभर ड्राफ्ट शीर्षकमा १७ अर्ब लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement