बिहारको मुख्यमन्त्रीमा छैटौंपटक नितिश कुमार

Advertisement

नयाँ दिल्ली: नितिश कुमार बिहारको २२औं मुख्यमन्त्री बनेका छन्। उनी छैटौंपटक मुख्यमन्त्रीको शपथ लिएका छन्। उनीसँगै सुशील कुमार मोदीले उपमुख्य मन्त्रीको शपथ लिए।

महागठबन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालु यादवको दल आरजेडीसँग विवाद भएपछि राजीनामा दिएका थिए। राजीनामा दिएको भोलिपल्टै उनी मुख्य मन्त्रीको शपथ खाएका थिए।

बुधबार साँझ राज्यपाल केशरीनाथ त्रिपाठीसँगको भेटपश्चात् उनको मुख्यमन्त्री बन्ने सम्भावना बढेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले नितिशको राजीनामाबाट कृतज्ञ भएको ट्वटिरमा उल्लेख गरेका थिए। करिब दुई घण्टापछि प्रधानमन्त्री नरेन्द्र मोदीले नितिश बिहारको मुख्य मन्त्री हुनका लागि भारतीय जनता पाटीको समर्थन रहेको घोषणा गरेका थिए।

बिहीबार साझँ ५ बजे उनले मुख्यमन्त्रीको पदभार ग्रहण गर्नका लागि शपथ लिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

Advertisement

Advertisement

Advertisement