‘फाष्ट–ट्रयाक’का लागि भारतबाट विस्फोटक पदार्थ ल्याउनुको विकल्प नरहेको रक्षामन्त्रीको जिकिर

Advertisement

काठमाडौंः रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने विष्फोटक पदार्थ भारतसँग लिने प्रक्रिया अघि बढिसकेको बताएका छन् । रिपोर्टर्स क्लवमा शुक्रबार उनले उक्त जानकारी दिएका हुन ।

प्रधानले भने, ‘नेपाली सेनाको आग्रहअनुसार नै उक्त निर्माण कार्य प्रारम्भ गर्न र–मटरियल चाहिने भएकोले उक्त विष्फोटक पदार्थ भारतसँग लिनको लागि निर्णय प्रक्रिया अघि बढिसकेको छ । प्रधानमन्त्रीको भदौमा हुने भारत भ्रमणमा पनि यसबारेमा कुराकानी हुने छ ।’

उनले विष्फोटक पदार्थ भारतबाटै आयात गर्नुको विकल्प नरहेको जिकिर गरे । प्रधानले विस्फोटक पदार्थ भारतमा मात्रै पाइने र यसको लागि कुरा गर्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई काठमाडौं बोलाएको बताए ।

मुलुकका विकट क्षेत्रका सडक निर्माणमा नेपाली सेनाले गर्दै आएको कामको मूल्याङकनका आधारमा राजधानीसँग तराई मधेसलाई जोड्ने द्रुतमार्ग निर्माणको जिम्मेवारी सेनालाई दिइएको भन्दै उनले छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको सेनाको अनुभवले द्रूतमार्ग तोकिएको समयावधि भित्रै बन्ने बताए । नेपाली सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको रक्षामन्त्री प्रधानको भनाई छ ।

Advertisement

Advertisement

Advertisement