एलपी ग्यासको मूल्य फेरि घट्यो, अब प्रतिसिलिण्डर रु १३२५ मात्रै

Advertisement

काठमाडौंः नेपाल आयल निगमले खाना पकाउने फेरि एलपि ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर २५ रुपियाँ मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार एलपी ग्यासको मूल्य प्रति सिलिण्डर एक हजार ३२५ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्याँसको मूल्यमा गिरावट आएसँगै भारतीय आयल कर्पोरेशनले नयाँ मूल्य पठाएपछि निगमले मूल्य समायोजन गरेको हो ।

ग्यासमा मूल्य घटे पनि अन्य इन्धनमा भने मूल्य यथावत कायम राखिएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्याँस बाहेकका पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले बाँकी इन्धनको मूल्य समायोजन नगरिएको बताए ।

भारतीय आयल कर्पोरेशनको नयाँ मूल्य सुचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ४.८४ रुपियाँ, मट्टीतेलमा १७.१३ रुपियाँ, हवाई इन्धन आन्तरिकमा ९.१६ रुपियाँ र हवाई इन्धन वाह्यमा २०.५० रुपियाँ नाफा रहेको छ । डिजेलमा भने प्रतिलिटर १.१८ रुपियाँ मात्रै घाटा छ । सबै गरेर निगमलाई पाक्षिक ३१ करोड रुपियाँ नाफा रहेको छ ।

Advertisement

Advertisement

Advertisement