टाटा मोटर्स कार मेला काठमाडौंमा सुरु

Advertisement

काठमाडौंः टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको टाटा मोटर्स् कार मेला ५ शुक्रबारबाट काठमाडौंको नक्साल बैङ्केटमा सुरु हुने भएको छ ।

साउन २२ गतेसम्म दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुने यस मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको सिप्रदीले जनाएको छ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गरेको उसको भनाई छ ।

मेलाको उद्घाटन टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर, अजित सिंह र सिप्रदीका जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गर्ने कार्यक्रम छ । कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ ।

मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा चार लाखसम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ ।

विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा तीन हजारभन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने सिप्रदीले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement