काँग्रेस साँसदहरुले एक महिनाको तलव बाढी पीडितलाई दिने, राहत र उद्दार चाँडै गर्न आग्रह

Advertisement

काठमाडौंः नेपाली कांग्रेसले बाढी पहिरो पीडितलाई राहतस्वरुप आफ्ना सांसदहरुको एक महिनाको तलव उपलब्ध गराउने निर्णय गरेका छन् । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने २०७ सांसदहरुको एक महिनाको तलव बाढीपीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बाढी पीडितको उद्धार र राहत वितरण कार्यमा जुट्न पार्टी नेता एवम् कार्यकतालाई समेत निर्देशन दिँदै बैठकले उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

काँग्रेसले सरकारको समेत नेतृत्व गरिरहेको छ । बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ती दिन ढिलो नगर्न काँग्रेसले घरवारविहीन भएकाहरुको उचित बसोबासको व्यबस्था गर्न र उनीहरुलाई तत्काल राहतको व्यबस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

Advertisement

Advertisement

Advertisement