सामाजिक सुरक्षा ऐन पारित, श्रमिकलाई औषधि उपचारदेखि बेरोजगार भक्तासम्म

Advertisement

काठमाडौँ, ३० साउन । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा श्रमिकलाई औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनालगायत सुविधाको व्यवस्था गरिएको छ ।

यही साउन ९ गते संसद्मा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको सो विधेयकमा अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना र कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजनाको व्यवस्था गरिएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले सोमबार आयोजना गरेको अन्तक्रियाका सहभागीले लामो समयको प्रयासपछि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याउन सकिएकोमा खुशी व्यक्त गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले श्रमिकलाई सेवा सुविधा उपलब्ध गराउनका लागि नयाँ ऐनले मार्ग प्रशस्त गरेको बताए ।

Advertisement

Advertisement

Advertisement