विपद् प्रतिकार्यका लागि नेपाल रेडक्रसद्धारा क्षेत्रगत गतिविधिमा वृद्धि

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले आफनो गतिविधि र भूमिकालाई अझ सशक्त र वृहतरुपमा अघि बढाउनको लागि भूकम्पबाट क्षतिभएका संरचनाको मर्मत तथा पुनर्निर्माण गरी सेवालाई प्रभावकारी बनाउन आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने काम अघि बढाएको जनाएको छ ।

साथै, सोसाइटीले संस्थामा कार्यरत स्वयंसेवक, सामाजिक परिचालक तथा कर्मचारीका लागि विभिन्न तालिम सञ्चालन गरी संस्थाको क्षमता अभिवृद्धि गर्ने र विपद् प्रतिकार्यको लागि संस्थालाई सक्षम बनाउन सामुदायिक भवन निर्माण गरिरहेको जनाएको छ ।

सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम (इआरओ) अन्तर्गतका गतिविधिहरु समुदायको सक्रिय सहभागिता तथा परामर्शमा सञ्चालन गरिरहेको छ । यसअन्तर्गत विभिन्न क्षेत्रहरुमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य जिविकोपार्जन र संस्थागत क्षमता विकास आदि अत्यावश्यक विषयहरुमा आफूलाई केन्द्रित गरेकोे उसले जनाएको छ ।

रेडक्रस सोसाइटीले आवास अन्तर्गत डकर्मी तालिम सञ्चालन गरी पुनः निर्माणका लागि आवश्यक दक्ष जनशक्ति स्थानीयस्तरमै उत्पादन गर्ने र समुदायलाई सुरक्षित पुनः निर्माणसम्बन्धी जागरुक बनाउने कार्य गरेको जनाउँदै सरकारी मापदण्डअनुसार विभिन्न जिल्लामा आठ हजार घरपरिवारलाई आवास अनुदान उपलब्ध गराउने र आवश्यकताअनुसार सुरक्षित निर्माणको लागि प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

रेडक्रसले खानेपानी, सरसफाई तथा स्वच्छताको लागि भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनःस्थापना गर्न सहयोग गर्ने र समुदायले आवश्यकता महसुस गरेअनुसार संभावनाको आधारमा थप खानेपानी आयोजनाको पहिचान र सञ्चालनमा सहयोग गर्ने खानेपानी उपभोक्ता समूहलाई आवश्यक तालिम प्रदान गर्ने कार्य गर्दै आएको छ ।

सरसफाईको लागि शौचालय पुनः निर्माण गर्न सहयोग गर्ने तथा स्वच्छता प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन गर्ने र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारी अभियानमा सहयोग गर्ने गतिविधिहरु संचालन गरिरहेको संस्थाले जनाएको छ । मानिसको स्वास्थलाई सर्वाेपरी ठानी गरिव तथा विपन्न र संकटासन्न अवस्थामा रहेका जनताहरुको स्वास्थ्य अवस्थामा सुधारका लागि काम गर्दै आएको उसको भनाई छ ।

रेडक्रस सोसाइटीले भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संस्था भवन पुनर्निर्माण गरी सेवा सुचारु गर्न सहयोग पुर्याउने, स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्न सहयोग पुर्याउने, समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनको लागि विभिन्न तालिमहरु जस्तैः प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार आदि कार्यहरु स्थानीयरुपमा गर्दै आएको छ ।

यसले आम जनसमुदायमा एक प्रकारको मनो—समाजिक सहायता पनि गरेको संस्थाको भनाई छ । रेडक्रसले गरिव तथा विपन्न वर्ग र संकटासन्न अवस्थामा रहेका मानिसहरुको जीवनयापन सरल र सहज बनाउने उदेश्यले जिविकोपार्जनसम्बन्धी विभिन्न आयमूलक पेशातर्फ जनसमूदायलाई आकर्षित गर्ने कार्य गर्दै आएको छ । यसले कृषि तथा पशुपालनसम्बन्धी तालिमहरु सञ्चालन गर्ने र पशु नश्ल सुधारको निम्ति सहयोग पुर्याउने, पशुधन बीमाको लागि प्रवद्र्धन र आवश्यक सहयोग गर्ने कार्य गर्दै आएको छ ।

स्थानीय सीप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन गर्न सहयोग पुर्याउने र स्थानीयस्तरमा बजार भएका गैरकृषि उत्पादन प्रवद्र्धनको लागि तालिम दिने र सहयोग पुर्याउने कार्यले उनीहरुको जीवनयापन सहज बनाउन मद्दत पुगेको रेडक्रसको विश्वास छ ।

त्यसैगरी, कृषि मुख्य पेशा भएको स्थानमा सम्भव भएसम्म सिंचाई सुविधा पुर्याउन सहयोग गर्ने, औजार तथा बीउबिजनमा सहायता गर्ने ,तत्काल आयआर्जन गर्न सकिने अवसरहरु प्रदान गर्न कामका लागि नगद कार्यक्रम पनि सञ्चालन गरेको संस्थोका प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement