दिल्लीमा प्रधानमन्त्री देउवाको राजनीतिक भेटघाट सुरु: यस्ता छन् कार्यक्रम

Advertisement

काठमाडौँ: भारतको पाँच-दिने राजकीय भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा विहिबार पूर्ण रुपमा राजनीतिक भेटघाटमा ब्यस्त हुनेछन् ।

विहिबार बिहान रास्ट्रपति भवनमा 'गार्ड अफ अनर' मा सहभागी भएपछि र राजघाटमा गान्धीको समाधिस्थलमा कार्यक्रम सकेपछि उनको औपचारिक राजनीतिक भेटघाट सुरु हुने छ ।
अहिले भर्खरै प्रधानमन्त्री देउवा नेपाली समय अनुसार १०ः ४५ बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटघाट गरेका छन् । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री देउवावीच ११ः२५ मा भेटघाटको कार्यक्रम रहेको छ ।

त्यसलगत्तै १२ बजे डेलिगेसन तहको भेटघाट, १ः०० बजे विभिन्न किसिमका सहमतिहरुको आदानप्रदान र लन्च तथा अनौपचारिक भेटघाट १ बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ । ३ः२५ मा देउवालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीले भेट्ने ४ः १५ मा भारतिय उपराष्ट्रपतिलाई भेटेपछि ५ बजे भारतीय राष्ट्रपतिसागको भेटघाट रहेको छ ।

४८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डका साथमा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा लगायत छन् ।

Advertisement

Advertisement

Advertisement