नेपाल–भारत बीचको जनस्तरको सम्वन्ध राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्छः महरा

Advertisement

काठमाडौंः परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारतबीच रहिआएको जनस्तरको एतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तरमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

नेपाल भारत महिला मैत्री समाजले आइतबार आयोजना गरेको कार्यक्रममा उनले नेपाल–भारतका जनता–जनताबीच रहेको सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताए ।

उनले भने, “सरकार र सरकारबीचको सम्बन्ध बेलाबखत खटपट हुनसक्छ, तर जनस्तरको सम्बन्ध सधैं महत्वपूर्ण हुन्छ । मैत्री समाजले जनस्तरको सम्बन्धलाई सधैं प्रवद्र्धन गर्नुपर्छ ।”

नेपाल–भारतबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भारत अङ्ग्रेजको समयमा छैन र नेपाल पनि राजामहाराजाको समयमा छैन, त्यसकारण राजनीति र राज्यस्तरमा पनि जनस्तरको जस्तै सम्बन्ध हुनुपर्छ ।”

दुई छिमेकी मुलुकको सम्बन्धलाई माथि उठाउन भएका क्रियाकलापलाई जनताको तहमा पुर्याउन आफैले सधैं सहयोग गर्ने बताउँदै महराले शिक्षा, स्वास्थ्य र विकास निर्माणमा नेपाललाई भारतले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । कार्यक्रममा भारतीय दूतावासका कार्यवाहक राजदूत डा अजय कुमारलगायत थिए ।

Advertisement

Advertisement

Advertisement