काठमाडौँबाट नवलपरासी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ घाइते

Advertisement

काठमाडौँ: काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस मंगलबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

विशालटारको मोडमा लु २ ख ६६३० नंम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

बस तीव्रगतिका कारण मोडबाट तल खसेको थियो। बसमा सबार चवालिस यात्रु थिए । ३१ जना घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ । बाँकीको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानेको छ ।

Advertisement

Advertisement

Advertisement