हारसँगै रियलको बार्सिलोनासँग सात अंक अन्तर

Advertisement

एजेन्सीः रियल मड्रिड ला लिगामा रियल बेटिस सँग पराजित भएको छ । एन्टोनिओ सानाबारियाले अन्तिम समयमा गरेको गोलको मदतमा बेटिसले बेर्नाबाउमा १९ वर्षपछि मड्रिडविरुद्ध जित हात पारेको हो । मड्रिडको यस सिजनको यो पहिलो हार हो ।

बुधबार राति भएको खेलमा मड्रिड बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा रियल हावी भए पनि गोल गर्न भने सकेन् । हारसँगै मड्रिड लिग लिडर बार्सिलोनाभन्दा ७ अंकले पछाडि छ । बार्सिलोना ५ खेलबाट १५ अंक छ भने रियल ८ अंकसहित सातौं स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement