बुद्ध लामा भए पहिलो नेपाल आइडल

Advertisement

काठमाडौंः नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जित्न सफल भएका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा लामा प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडल भएका हुन । बिस बर्षीय लामा पोखराका हुन ।

निशान भट्टराई र प्रताप दासलाई उछिन्दै उक्त उपाधि चुम्न सफल भएका लामाले कुल नौ करोड ३१ लाख ८३ हजार भोटमध्ये चार करोड ४८ लाख ४५ हजार २६३ भोट पाएका थिए । सामाजिक सञ्जालहरुमा धेरैको अनुमान र चाहना निशान भट्टराईको पक्षमा भए पनि भोटमा भने लामाले उछिनेका हुन ।

जितसँगै लाखाले २० लाख रुपियाँको चेक । महिन्द्रा केयूभी १०० कार जित्न सफल भएका छन् भने १५ लाख रुपियाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। नेपाली दर्शकहरुको ठूलो उपस्थित रहेको कार्यक्रममा लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विजेताहरुको नाम घोषणा गरेका थिए ।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले निशानले करोड ५० लाख ८६ हजार २२३ भोट प्राप्त गरे भने प्रतापले एक करोड ३२ लाख ५१ हजार ८४९ भोट पाए।

फस्ट रनरअप निशानले १५ लाख रुपियाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपियाँ पुरस्कार हात पारे। फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गरेर नेपाल आइडल कार्यक्रम सञ्चालन गरेको एपीवान टेलिभिजनले यो कार्यक्रम जनतामाझ लोकप्रिय भएसँगै अन्य टेलिभिजनलाई समेत ओझेलमा पारेको छ ।

Advertisement

Advertisement

Advertisement