पिएसजीमा नेइमारको पारिश्रमिक ३० लाख ६९ हजार युरो

Advertisement

एजेन्सीः यसै सिजनबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा सार्वाधिक रकममा आबद्धभएका ब्राजिलियन फरवार्ड नेइमारले लिनेगरेको पारिश्रमिक सार्वजनिक भएको छ।

स्पेनिस पत्रिका मार्काले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पिएसजीमा नेइमारको मासिक आम्दानी ३० लाख ६९ हजार ५ सय २० युरो अर्थात ३७ करोड ९३ लाख ४८ हजार ९८ रुपियाँ रहेको छ । नेइमारले प्रति घण्टा चार हजार युरो तथा दैनिक एक लाख युरो लिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

पिएसजीको प्रशिक्षण केन्द्रबाट ९ किलोमिटर टाढा उनले भाडामा घर लिएका छन् । त्यो घरको भाडा महिनाको १४ हजार युरो रहेको छ । फुटबल लिकको दाबी अनुसार पिएसजीमा आबद्ध रहेका नेइमार महँगो पारिश्रमिक लिनेमा दोस्रो स्थानमा परेका छन्।

नेइमारको भन्दा अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले गत वर्ष बढी पारिश्रमिक लिएका थिए । उनले चाइनिज सुपर लिगमा साङ्घाइ सेनहुआबाट तीन करोड ८४ लाख युरो पारिश्रमिक लिएका थिए। यी दुईको तुलनामा बार्सिलोनाका स्टार लिओनल मेसीको पारिश्रमिक कम छ।

Advertisement

Advertisement

Advertisement