बन्दिपुरमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते

Advertisement

दमौली(तनहुँ): तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट स्याङ्जा जाँदै गरेको ना ५ ख ९१४० न.को बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएको हुन् ।

घाइतेमध्ये गम्भीर रहेका काठमाडौँ महानगरपालिका–२६ का ६४ वर्षीय शंकर मल्ललाई डुम्रेको लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्य सामान्य अवस्थाका १२ घाइतेको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement