पदमा बहाल हुँदैमा एमाले प्रवेश गरेका नवराज सिलवालको बल्ल राजीनामा स्वीकृत

Advertisement

काठमाडौंः अन्ततः गृहमन्त्री जनार्दन शर्माले प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत नगरी कार्यसम्पादन मूल्यांकन फारम किर्ते गरेको विषयमा कारवाही गर्ने तयारी भइरहेको बेला सिलवाल एमालेमा प्रवेश गरेपछि एकाएक राजीनामा स्वीकृत गरिएको हो ।

बदमा बहाल रहेकै अवस्थामा एमालेमा प्रवेश गरेपछि चौतर्फी चर्चा र आलोचनाको विषय बनिरहेको बेलामा वाम एकतापछिको बदलिएको राजनीतिक समीकरणपछि गृहमन्त्री शर्मा सिलवालको राजीनामा स्वीकृत गर्न तयार भएका हुन ।

यसअघि उनी सिलवाललाई किर्ते गरेकोमा मुद्दा चलाउने तयारीमा थिए । त्यसका लागि लामो समयसम्म सिलवालको राजीनामा स्वीकृत नगरी राख्न गृहसचिवलाई निर्देशन दिइएको थियो । सिलवालको राजीनामाको विषय चर्चाको विषय बनेपछि गृहमन्त्रीले असोज १९ को मिति राखेर राजीनामा स्वीकृत गरेका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका लागि गृहसचिव लोकदर्शन रेग्मीलाई पठाए पनि पत्र नआएको भन्दै रोकेका थिए ।

Advertisement

Advertisement

Advertisement