एनआरएनएको निर्वाचन आज, एक हजार आठसय भन्दा बढि मतदानमा सहभागी हुँदै

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि सोमबार अपरान्ह निर्वाचन हुने भएको छ । काठमाडौंमा जारी संघको आठौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि बिहानैदेखि निर्वाचन कार्यतालिका तय गरिएको छ ।

शनिबारदेखि सुरु भएको विश्व सम्मेलन तथा महाधिवेशन आज बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्टले आइतबार नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने अन्य दाबेदारहरु जमुना गुरुङ र टीबी कार्कीले सोमबार बिहान गर्दा गरेका छन् । कार्कीले उम्मेदवारी दिए पनि खास प्रतिस्पर्धा भट्ट र गुरुङबीच नै हुने देखिन्छ ।

एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एकएक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार ८ ४० गैरआवासीय नेपालीले आफ्नो नाम दर्ता गरेका छन् । यो संख्या अघिल्ला बर्षहरुको भन्दा निकै धेरै हो ।

एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउँछन् भने हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ। गैरआवासीय नेपालीहरुकै कारण राजधानीका ठूला साना तारे होटल र रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । होटलहरुमा गैरआवासीय नेपालीहरुको बसाई १० प्रतिशतसम्म रहेको होटल सञ्चालक एवं व्यवस्थापकहरुले जानकारी दिएका छन् ।

संघको विश्व सम्मेलनअन्तर्गत आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेद्धारा प्रस्तुत एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ । प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement