म्यादीमा तीन गुणा बढीको आवेदन, झन्डै तीन लाखको दरखास्त

Advertisement

काठमाडौँ: सरकारद्वारा म्यादीमा अस्थाई प्रकृतिको चुनावी सुरक्षाका लागि माग गरिएको आवेदनमा दुई लाख ९५ हजार भन्दाबढी बढीले देशभरबाट आवेदन दिएका छन् ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता तथा प्रहरी महानिरीक्षक मनोज न्यूउपानेका अनुसार सोमबार अन्तिम दिनसम्ममा उक्त दरखास्त परेको छ। जसमा ४५ हजार जना पुरानै म्यादी प्रहरीहरु रहेका छन्, उनले भने ।

प्रहरी मुख्यालयले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भन्दै ९८,२६८ म्यादी प्रहरीको माग गरेको छ।

 

Advertisement

Advertisement

Advertisement