नेप्सेले रोक्यो आज एकै पटक १४ कम्पनीको सेयर कारोबार

Advertisement

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा आज बुधबार एकै पटक १४ वटा कम्पनीको सेयर कारोबार रोकिएको छ । नेप्सेले यी कम्पनीहरुले वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण सेयर कारोबारमा रोक लगाएको हो ।

कारोबार रोक्का हुने कम्पनीमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक र कन्काई विकास बैंक रहेका छन् । यसैगरी, कर्णाली विकास बैंक, नागबेली लघुवित्त, महिला सहयात्रा, ललितपुर फाइनान्स र नेसनल माइक्रोफाइनान्सको पनि कारोबार रोकिएको छ । कुबेर मचेन्ट फाइनान्स, समता माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर र युनिलिभर नेपालको सेयर कारोबारमा पनि रोक लगाइएको छ । सूचीकृत कम्पनीहरुले नेप्सेलाई आफ्नो चुक्ता पुँजीको आधारमा सूचीकरण शुल्क बुझाउनुपर्ने हुन्छ ।

चुक्ता पुँजी १ करोडसम्म हुने कम्पनीले १५ हजार रुपियाँ र १ करोडदेखि ५ करोड रुपियाँसम्म भएका कम्पनीले २५ हजार रुपियाँ सूचीकरण शुल्क तिर्नुपर्ने हुन्छ । यता, ५ करोडदेखि १० करोड रुपियाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार रुपियाँ र १० करोडदेखि माथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपियाँ सूचीकरण शुल्क बुझाउनुपर्छ ।

Advertisement

Advertisement

Advertisement