बस दुर्घटनामा तीनजनाको मृत्यु

Advertisement

डोटी: बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् ।

बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

दूर्घटनामा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको छ ।

Advertisement

Advertisement

Advertisement