रोनाल्डो उत्कृष्ट बर्ष खेलाडी घोषित, मेसी र नेयमार पछि परे

Advertisement

एजेन्सीः अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले दिने उत्कृष्ट खेलाडीको अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका छन् । सोमबार राति लण्डनमा आयोजित अवार्ड घोषण कार्यक्रममा फिफाले सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी रोनाल्डोलाई छानेको हो ।

पोर्चुगलका रोनाल्डो रियल म्याड्रिडका फरवार्ड हुन । उनले बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई पछि पार्दै उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन । रोनाल्डोले उत्कृष्ट खेलाडीका बन्नका लागि ४३.१६ प्रतिशत मत पाएका थिए । मेस्सीले भने १९.२५ र नेयमारले ६.९७ प्रतिशत मत प्राप्त गरेका थिए ।

रोनाल्डोले रियललाई सन् २०१६–१७ को सिजनमा स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन उत्कृष्ट भुमिका खेलेका थिए । ३२ बर्षीए उनले गत वर्ष पनि पोर्चुगललाई युरो २०१६ जिताएर यो अवार्ड हात परेका थिए । च्याम्पियन्स लिगको फाइनलमा रियलले युभेन्ट्सलाई ४–१ ले हराउदा उनले दुई गोल गरेका थिए ।

उत्कृष्ट पुरुष प्रशिक्षकमा जिनेदिन जिदान र महिला प्रशिक्षकमा नेदरल्यान्ड्सकी सारिना वेगमन घोषित भए । साथैबार्सिलोनामा खेली रहेकी नेदरल्यान्ड्सकी लेके मार्टेन्स उत्कृष्ट महिला खेलाडी भइन् ।

आर्सनलका ओलिभर जिरोडले सन् २०१७ को उत्कृष्ट गोलका लागि पुरस्कार पाए । फिफाले अलग्गै बेस्ट फुटबल अवार्ड दिन थालेको यो दोस्रो वर्ष हो । यसअघि बेलन डे’अरसँग मिलेर अवार्ड दिने गथ्र्यो ।

Advertisement

Advertisement

Advertisement