जनसंख्या वृद्धि र साँधुरो सडकले ट्राफिक व्यवस्थापन जटिल भयोः सर्वेन्द्र खनाल

Advertisement

भक्तपुरः महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । शुक्रबार एक कार्यक्रममा उनले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङघनजस्ता प्रवृत्तिले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको बताएका हुन ।

उनले यो समस्यालाई कसरी व्यवस्थापन गर्ने ? भन्ने चुनौति रहेको भन्दै समयसीमा तोकेर सवारी सञ्चालन गरिनुपर्ने बताए । उपत्यका महानगरपालिकाको अवधारणसँगै दिनमा मात्र नभएर रात्रीकालीन अवस्थामा समेत सवारी सञ्चालन हुने भएकाले यसका व्यवस्थापनका लागि ट्राफिकले मात्र चाहेर केही गर्न नसक्ने खनालले बताए ।

सवारी साधान व्यवस्थापनबारे बेलामै दिर्घकालीन सोचका साथ अघि बढ्नु पर्ने भन्दै उनले दुर्घटना बढ्नुका कारण सवारी चालकको कमजोरी नै प्रमुख कारक भएको बताए । खनाले सवारी चालकको कमजोरीले धेरै जनधनको क्षती भएको तथ्य प्रस्तुत गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समेत ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको बताए ।

दिनानुदिन सवारीको चाप बढ्नु तर सडकको स्तरोन्नतीतर्फ ध्यान नजाँदा सवारी जामका साथै दुर्घटनाको कारण बनेको भन्दै वातावरण प्रदुषण गर्ने सवारी साधानमा पनि रोक लगाउनुपर्ने बताए ।
उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको खनालले बताए ।

Advertisement

Advertisement

Advertisement