प्रकाश दाहालको मृत्यु आफ्नै निवासमा

Advertisement

काठमाडौंः पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको मृत्यु नर्भिक अस्पतालमा नभई लाजिम्पाटस्थित आफ्नो निवासमा भएको तथ्य बाहिर आएको छ ।

उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ । घरमा आमा सीता दाहालले उठाउन जाँदा अचेत देखेपछि सुरक्षाकर्मीलाई बोलाएको र उनीहरुले जिवितै भएको आशामा अस्पताल ल्याएका थिए । यद्यपि उनीहरु नै पनि प्रकाश जिवित रहेको कुरामा विश्वस्त थिएनन् ।

घरमा बाबु प्रचण्ड चुनावी प्रचारका क्रममा झापा पुगेको र आफूसँग रहेकी कान्छी श्रीमती विना मगर पनि आफ्नै क्षेत्रमा चुनावी प्रचारमा रहेको बेला प्रकाशको निधन भएको हो । उनको मृत्यु हृदयघातले भएको हुनसक्ने अनुमान गरिए पनि खास के कारणले भएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

बेलुकी खाना खाएर सुतेका प्रकाश राति सुतेकै ठाउँमा मृत्यु भएको नर्भिक अस्पतालका चिकित्सक तथा प्रचण्ड निवासका सुरक्षाकर्मीहरुबाट आएको अपुष्ट खबरबाट देखिन्छ । उनी तीन दिनयता आफू केही अस्वस्थ भएको बताउँदै आएका थिए ।

सोही कारण बाबु प्रचण्डसँग झापा नगइ चितवनबाट काठमाडौं आएर बसेका प्रकाशले शनिबार राति ८ बजेतिर आफूलाई हल्का ज्वरो आइरहेको बताएका थिए ।

घरमा आमा सीता र भाञ्जीहरु मात्रै रहेको बेला प्रकाशले उनीहरुसँगै खाना खाएर सुतेका उनको पारिवारिक स्रोतको भनाई छ । हरेक दिन बिहानै उठ्ने गरेका उनी नउठेपछि आमा उठाउन गएकी थिइन । उठाउन खोज्दा कुनै चलमल नभएपछि सीताले सुरक्षाकर्मीलाई बोलाएकी थिइन । सुरक्षाकर्मीले हतार हतार गाडीमा राखेर उनलाई अस्पताल पुर्याएका थिए ।

Advertisement

Advertisement

Advertisement