बम आतंकपछि सेनाप्रमुखले भने- परिस्थिति दुई सुरक्षा निकायको कावु बाहिर गए मात्रै सेना

Advertisement

काठमाडौँ: नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले हालै देशका विभिन्न ठाउँमा भइरहेको बम आक्रमण घटनालाई सेनाले सजगतापूर्वक मुल्यांकन गरिरहेको बताएका छन् ।

सेनाले यस घटनालाई केहि उत्श्रृङखल समुहले घटाएको घटना भनेर टिप्पणी गरेको छ । सेना सुरक्षाको तेश्रो घेरामा रहेर समग्र मतदान स्थलको सबै सुरुक्षा जिम्मा रहे पनि सेनाले आफ्नो इलाकामा पर्ने सुरक्षाको स्थित्ति मजबुत पारेको पनि प्रधान सेनापति क्षेत्रीले बताए । सेनाले आज राष्ट्रिय सुरक्षा परिषदमा आयोजना गरिएको एक कार्यक्रममा सो कुरा बताएका हुन् ।कार्यक्रम खासगरी हालै रक्षामन्त्री भीमसेनदास प्रधानले संयुक्त राष्ट्रसंघको शान्ति मिसनको रक्षा मन्त्रीहरुको सभामा सहभागी भएर आएपछि जानकारी दिन सेनाले पत्रकार सम्मेलन गरेको थियो ।

सेना केन्द्रिय सुरक्षा समिति, क्षेत्रीय र जिल्ला सुरक्षा समितिको परिधिभित्र रहेर जुनसुकै अवस्थामा तैनाथ हुने पनि क्षेत्रीले बताए । चुनावका लागि सेना परिचालनको निर्णय भइसकेपनि, अहिले गृह अन्तर्गत रहेको केन्द्रिय सुरक्षा समितिको निर्णय नै अन्तिम हुने भएकोले सेना अहिले नै यस घटनालाई निस्तेज गर्न नखटिने स्पस्ट पारे ।

स्थिति नेपाल प्रहरी र सशस्त्र प्रहरीको कावुभन्दा बाहिर गएमा मात्रै सेना जुनसुकै अवस्थामा यस्ता अवाञ्चित कार्य नियन्त्रण गर्न लाग्ने क्षेत्रीले बताए ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले पनि केन्द्रिय सुरक्षा समितिको बैठक बस्न नसकेको बताए । अहिले देश गृहमन्त्री विहिन छ भने गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेर बहादुर देउवाले सम्म्हालेका छन् । भोलि बस्ने मन्त्रीपरिषद बैठकमा बम आतंकको घटनावारे बिष्तृतमा छलफल हुने मन्त्री प्रधानले बताए ।

Advertisement

Advertisement

Advertisement