निर्वाचनको कारण देखाउँदै लाइसेन्स वितरण स्थगित

Advertisement

काठमाडौंः नेपाल सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले निर्वाचनको कारण देखाउँदै ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स वितरणमा रोक लगाएको हो ।

ट्राफिक प्रहरी र विभागका कर्मचारीहरु चुनावका लागि खटिएपछि लाइसेन्सको वितरण गर्न नसकिएको एकान्तकुनास्थित लाइसेन्स कार्यलयले जनाएको छ । यहि कारण बताउँदै अहिले काठमाडौंका सबै लाइसेन्स कार्यालयमा नयाँ लाइसेन्स वितरणको काम रोकिएको हो । तर, लाइसेन्सको नवीकरण भने रोकिएको छैन ।

चुनाव पछि सेवा सुचारु गर्ने कार्यलयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement