मेची नेत्रालय काँकडभिट्टा गोल्डकप शुरु

Advertisement

काँकडभिट्टाः मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ । काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु भएको सो प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् ।

मेची नेत्रालय मुख्य प्रायोजक, मेची बस व्यवसायी संघ र नरेन्द्र मेचे सहप्रायोजक रहेको उक्त प्रतियोगितामा विजेतालाई आठ लाख एक हजार रुपियाँ र उपविजेतालाई चार लाख एक हजार रुपियाँ प्रदान गरिने आर्थिक समितिका संयोजक गंगालाल गुरुङले जानकारी दिए ।

प्रतियोगितामा करिब ६५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा भारतको एउटासहित १० वटा टिमको सहभागिता रहेको छ । आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, रमपम झापा ११, त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरी बल, रुपन्देही ११, सुदूरपश्चिम ११, मनाङ मस्र्याङदी र हिमालयन शेर्पा काठमाडौँ रहेका छन् ।

उद्घाटन खेल नेपाल पुलिस क्लब र सुभाषचन्द्र ब्वाइज क्लब कलकत्ता, भारतबीच हुँदैछ । विगत तीन वर्षदेखि मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिता आयोजना गरिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement