मेगाको विशेष साधारण सभाको नयाँ मिति पुस चार गतेलाई तोकियो

Advertisement

काठमाडौं: मेगा बैंकको मंसिर ४ गतेका लागि बोलाइएको विशेष साधारण सभा सेयर सदस्यको कोरम नपुगेर रोकिएपछि उसले पुनः पुस ४ गतेको लागि नयाँ मिति तोकेको छ ।

सभाका सबै एजेन्डा पुरानै हुन् । आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजना हुने सभामा मेगाले टुरिजमसँग १००ः९५ स्वाप रेसियो पारित गर्ने प्रस्ताव पेस गर्नेछ ।

यस आधारमा टुरिजमको १०० कित्ता सेयर हुनेले अब मेगाकोे ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, दुई बैंकबीच एक आपसमा गाभ्ने–गाभिने कार्यका लागि नियमावली संशोधन तथा परिमार्जन गर्नुपरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेस हुनेछ ।

मेगासँग गाभिन लागेको टुरिजमको सम्पूर्ण सम्पत्ति मेगा बैंकले सकार्ने भएकाले त्यसअनुरुप जारी तथा चुक्ता पुँजी वृद्धि गर्न अनि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि लगिनेछ ।

मेगाका लगानीकर्ताले लामो समयदेखि मर्जको विरोध गर्दैआएका थिए । मेगालाई घाटा हुने गरी टुरिजमलाई अत्याधिक सेयर स्वाप रेसियो दिएका कारण लगानीकर्ता क्रुद्ध बनेका छन् । डीडीए रिपोर्ट अनुसार भनेर मेगाले टुरिजमलाई ९५ प्रतिशत सेयर स्वाप रेसियो तोकेको छ । बैंकले २०७४ कात्तिक १६ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्ने जनाएको छ । यता, २०७३ माघ ६ गते टुरिजम र मेगा गाभिने सैद्धान्तिक सहमति भएपछि माघ ७ गतेदेखि दुवै बैंकको सेयर कारोबार रोक्का छ ।

Advertisement

Advertisement

Advertisement