गण्डकी विकासको २७६ रुपियाँ प्रतिकित्तामा नयाँ मूल्य समायोजन

Advertisement

काठमाडौंः गण्डकी विकास बैंकको २५ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता दुई सय ७६ रुपियाँ कायम भएको छ ।

सोमबार गण्डकीको सेयर कारोबार २७६ रुपियाँलाई नै आधार मानेर किनबेच हुदैछ । बैंकको औसत आधार मूल्य भने तीन सय ४७ रुपियाँ रहेको छ । बैंकले ४ः१ अनुपातमा एक सय रुपियाँ दरको ४६ लाख ९ हजार ८१५ दशमलव ५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यस हकप्रदमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहनेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपियाँ छ, भने हकप्रद निष्कासनपछि दुई अर्ब ३० करोड ४९ लाख ७ हजार ५५० रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा पाँच करोड ३९ लाख १३ हजार रुपियाँ भएको छ । जुन गत बर्षको सोही अवधिको भन्दा १३ दशमलव ३६ प्रतिशतले घटेको हो । साथै, बैंकको प्रतिसेयर आम्दानी ११ रुपियाँ ७० पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement