स्थानीय तहमा निर्वाचनमा प्रतिमतदाता खर्च ४९५ रुपियाँ २५ पैसा

Advertisement

काठमाडौंः स्थानीय तह निर्वाचनमा प्रतिमतदाता ४९५ रुपियाँ २५ पैसा समग्रमा खर्च रहेको पाइएको छ ।

उक्त निर्वाचनमा छ अर्ब ९६ करोड ९३ लाख ७६ हजार ८६६ रुपियाँ खर्च भएको निर्वाचन आयोगको आर्थिक प्रशासन शाखाबाट जानकारी प्राप्त भएको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा सम्पन्न भएको थियो ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई आठ अर्ब ७८ करोड, ४९ लाख ७२ हजार १६८ रुपियाँ उपलब्ध गराएकामा प्राप्त बजेटमध्ये ७९ दशमलव ३३ प्रति खर्च भएको आयोगबाट उपलब्ध विवरणमा उल्लेख छ ।

आयोगका अनुसार पहिलो र दोस्रो चरणमा गरी जम्मा छ अर्ब ३० करोड ३९ लाख नौ हजार ५३८ रुपियाँ तथा तेस्रो चरणमा ९३ करोड ८९ लाख ७७ हजार ३२८ रुपियाँ जम्मा खर्च भएको थियो ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता खर्च लागत ५२८ रुपियाँ ६४ पैसा रहेको थियो भने तेस्रो चरणमा त्यो घटेर ३५२ दशमलव ३४ रहेको आयोगको तथ्याङ्कबाट जानकारी प्राप्त भएको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एक करोड १४ लाख सात हजार ४७४ तथा तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाता संख्या कायम रहेको थियो ।

Advertisement

Advertisement

Advertisement