आइभुमी ब्राण्डका मोबाइलहरु नेपाली बजारमा भित्र्यिो, छ वटा मोडल सार्वजनिक

Advertisement

काठमाडौंः विश्वको सात भन्दा बढि देशमा आफ्नो व्यापार विस्तार गरिसकेको चाइनिज मोबाइल ब्राण्ड आइभुमिले नेपालमा पनि व्यापार सुरु गरेको छ । शंकर गु्रपले यो मोबाइल नेपाली बजारमा भित्र्याएको हो ।

आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने आइभुमीले आफ्ना फोनहरु उच्च गुणस्तर तथा नविन प्रविधिबाट निर्माण भएको जनाएको छ । शंकर ग्रुपले आइभी ५०५, आइभी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका छ मोडलका स्मार्ट फोन बजारमा सार्वजनिक गरेको हो । उक्त फोनहरु पाँच हजार ९९९ रुपियाँदेखि सुरु हुने बताइएको छ ।



आइभुमी इंडियाका कार्यकारी निर्देशक अश्विन भण्डारीले नेपालको एक ठुलो व्यापारिक घराना शंकर गु्रप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट टे«ड प्राइभेट लिमिटेडसँग सहकार्य गरी अघि बढ्न पाएकोमा खुसी लागेको बताए ।

हाल नेपालमा बढ्दै गएको फोरजी स्मार्ट फोन प्रयोगकर्ताहरुमाझ आइभुमी सशक्त रुपमा प्रस्तुत हुने दावी वितरकको रहेको छ । आप्mनो उत्पादनहरुलाई “पावर्ड बाइ भ्यालु” बताउने आइभुमी, नविन प्रविधि फोरजीसहित नेपाली ग्राहकहरुको आवश्यकता पुरा गर्ने विश्वास लिइएको छ ।

प्राइड इम्पोर्ट एक्सपोर्ट टे«डका कार्यकारी निर्देशक राजेश जाटियाले हाल देशमा शंकर गु्रपको माध्यमबाट तीन सय भन्दा बढी वितरक र एक लाखभन्दा बढि बिक्री केन्द्रहरु रहेको बताउदै आइभुमी र बजार अनुभवी समूह बिचको सहकार्यले नेपालमा सशक्त उपस्थिति जनाउने बताए ।

Advertisement

Advertisement

Advertisement