प्रदेश नम्बर ३ को राजधानी भक्तपुर होइन हेटौंडा हुनुपर्छः बानियाँ

Advertisement

काठमाडौंः काँग्रेस नेता एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गरिनुपर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा बानियाँले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटांैडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरे । यसअघि एमालेका साँसद महेश बस्नेतले प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउनुपर्ने बताएका थिए ।

क्षेत्रीय वन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यलय, पृतनापतिको प्रदेश कार्यालय सबै हेटौडामा रहेको बताउँदै बानियाँले भने, ‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौं वरपर बनाउनुपर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नु हुँदैन, यहाँ धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौडा उपयुक्त छ ।’

उनले चुनावको बेलामा नाराको साहरालाई लिएर प्रदेशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहिन भएको भन्दै हेटौडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरुसँग छलफल भइरहेको समेत जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement